अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 01:39

इसाई धर्मगुरु पोप फ्रान्सिसद्वारा हिंसा र अतिवाद अन्त्यको आह्वान

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:३९ मा प्रकाशित

इसाई धर्मगुरु पोप फ्रान्सिसले हिंसा र अतिवाद अन्त्यको आह्वान गर्नुभएको छ । कोरोना महामारी पछिको पहिलो विदेश भ्रमणका क्रममा इराक पुगेका पोपले यस्तो आह्वान गर्नुभएको हो । इराकी राष्ट्रपति बरहाम सालिहको स्वागत पछि बोल्दै पोपले हतियारको संघर्ष शान्त हुने विश्वास लिंदै चाँडै नै हिंसा अन्त्य हुने आशा व्यक्त गर्नुभयो । इराकको विविधता महत्वपूर्ण स्रोत भएको भन्दै उहांले इसाईहरुको महत्वपूर्ण भूमिका रहेकोमा जोड समेत दिनुभयो ।

पोप फ्रान्सिसले तीन दिने इराक भ्रमणका क्रममा इराकी अधिकारीहरु र इस्लाम धर्मगुरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले इराकमा सदियौंदेखि रहेबसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्ने भ्याटिकनले जनाएको छ ।

पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । इराक भ्रमणका क्रममा ८४ वर्षिय पोप फ्रान्सिसलाई सुरक्षा प्रदान गर्न करिब १० हजार इराकी सुरक्षकर्मी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू