अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:३४ मा प्रकाशित

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले वर्तमान सरकारले विगतको गुनासा अन्त्य गर्दै वास्तविक किसानको पहिचान गर्न लागेको बताउनुभएको छ । किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा उहाँले किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिएपनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने उहाँको भनाइ छ ।

समाजवाद सम्म पुग्न सबै किसानलाई उत्पादन सँग जोड्नु पर्ने बताउँदै उहाँले सातवटै प्रदेशका कृषि मन्त्री तथा सचिवसँग छलफल गरि समग्र कृषिलाई व्यवस्थित गर्ने निष्कर्ष निकालेको पनि बताउनुभयो । ठूल्ठूला क्षेत्रमा उत्पादन गरेर कृषिमा आत्मनिर्भर हुने तर्फ अगाडि बढेको बताउँदै उहाँले पाँच वर्षभित्र निर्यातमा कदम चाल्ने बताउनुभयो । अगामी दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले काम गरिरहेको पनि उहाँको भनाइ छ ।

किसान सूचीकरणले कृषकको मनोवल बढाउनुको साथै जिम्मेवार बनाउने उहाँको भनाइ छ । मन्त्रालय नयाँ ढंगले अगाडि बढ्न तयार रहेको बताउँदै मन्त्री अर्यालले ३० प्रतिशत किसानलाई प्रविधिमा पहुँच पुर्याउने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू