अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६
| Colorodo: 20:01
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदको तल्लो सदनमा विश्वासको मत प्राप्त गर्नुभएको छ । अविश्वास प्रस्तावमाथि शनिबार भएको मतदानमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।३ सय ४२ सिट रहेको तल्लो सदनमा प्रधानमन्त्री खानको पक्षमा १ सय ७८ मत परेको छ । सदनमा विश्वास कायम राख्नका लागि खानले १ सय ७२ मत ल्याउनु आवश्यक थियो ।
सिनेटको चुनावमा महत्त्वपूर्ण सिट गुमाएसँगै प्रधानमन्त्री खानमाथि बहुमतकोे सन्दर्भलाई लिएर प्रश्न उठेको थियो । विपक्षी दलहरूले खानको राजीनामासमेत मागेका थिए । शनिबार विदेशमन्त्री शाह मेहमूद कुरेशीले तल्लो सदनमा प्रधानमन्त्रीले विश्वासको माग गरेको भन्दै एक बुँदे प्रस्ताव पेश गर्नुभएको थियो । सोही प्रस्ताव उपर मतदान गरिएको हो ।