अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

मुख्य ÷मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने – नेकपा नेता बाँस्तोला

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:२९ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य,मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको बताउनुभएको छ । जनताको मत लिनुपर्ने बताउँदै उहाँले हरेक विषयमा जनतमसंग्रह गरौं भन्ने पार्टीको धारणा रहेको बताउनुभयो । यसले जनतालाई परिचालित गर्ने र लोकतान्त्रिक समाज बनाउने पनि बास्तोलाले बताउनुभयो ।

सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि आज रिपोर्टर्स क्लबमा पुगेर उहाँले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको बताउनुभयो । आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि उहाँको भनाइ थियो ।

राजनीतिक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति धेरै लामो समयदेखि छलफल गर्दै आएको र नेपालको संविधानले कतिपय विषयलाई समेट्न नसकेकोले अब त्यसलाइ समेटेर अगाडी जाने बाँस्तोलाको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू