अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 00:17

नेपालमा थप ४७ जनामा कोरोना संक्रमण, ६२ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:२८ मा प्रकाशित

नेपालमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ३५ जनाको पीसीआर परीक्षण गरिएकोमा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर आठ सय १७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ६२ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७० हजार आठ सय २८ पुगेको छ । आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू