अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

भोली ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने – स्वास्थ्य मन्त्री त्रिपाठी

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:२७ मा प्रकाशित

कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा भोली ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ । आज युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधा अन्तर्गतको पहिलो चरणमा भोली कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो ।

साथै भोली बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको अभियानको सुरु गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । कोभ्याक्स सुविधा अन्तर्गत भोली आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । सरकारले भोली बाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्ष माथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ ।

यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोना विरुद्धको खोप लगाउने घोषणा गरिएको थियो । ५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्ष माथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक गौतमले बताउनुभयो  । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू