अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

संसद्मा अविश्वासको प्रस्ताव सामना गर्ने ओलीको तयारी, बैठकमा ११५ सांसद् उपस्थितिको दावी

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्ताव आए सामना गर्ने बताउनुभएको छ । शनिबार आफू पक्षीय सांसदको बैठकमा प्रधानमन्त्री ओलीले आफैंले संसदमा विश्वासको मत नमाग्ने बताउनुभयो । संसदमा विधि र पद्धतिअनुसार आउने प्रस्तावको सामना गर्ने उहाँको भनाइ छ ।

पुनःस्थापित प्रतिनिधिसभाको बैठकको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो । जसमा १ सय १५ सांसद सहभागी भएको ओली पक्षको दाबी छ ।ओली पक्षिय एक नेताका अनुसार ९१ जना प्रतिनिधिसभाका र २४ जना राष्ट्रियसभाका सदस्य वैठकमा उपस्थित भएका छन् । बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

दाहाल–नेपाल समूहले पनि संसदीय दलमा बहुमत भएको दाबी गरेको थियो । हिजो बसेको प्रचण्ड –नेपाल पक्षको संसदीय दलको बैठकमा पनि १ सय १५ जना सांसद उपस्थित भएको दावी गरेको थियो । नेकपा विभाजनपछि सांसदहरू वामदेव गौतम, उहाँकी पत्नी तुलसा थापा र लालबाबु पण्डित कुनै पक्षतिर खुलेर लागेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू