अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

“मलाई प्रधानमन्त्री हुने चाहना छैन” – सभापति देउवा

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:२३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना अहिले नभएको बताउनुभएको छ । शनिवार आफ्नै निवासमा पुस्तक लोकार्पण कार्यक्रममा उहाँले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताउनुभएको हो ।

सभापति देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफु अलिे तत्काल प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभयो । प्रतिनिधिसभा अधिवेशन नजिकिएसँगै नयाँ सरकार गठनको चर्चा भइरहेका बेला सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको हो ।

नेकपा भित्रको आन्तरिक किचलोमा आफू फस्न नचाहेको उहाँको भनाइ छ। यो उनीहरुको आन्तरिक कुरा रहेकोले त्यसमा पक्ष विपक्षमा नउभिने स्पष्ट पार्दै उहाँले संसदमा नेकपाको प्रस्तुति हेरेर कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्ने बताउनुभयो । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको देउवा निवास बूढानीलकण्ठमा शनिवार लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू