अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

‘कृष्ण–लीला’ को ‘डियर बन्न मन छ’ मा पुष्प, श्रद्धा, बुद्धि र रवीन्द्र

बिआरटीनेपाल २०७७ फागुन २१ गते ९:१३ मा प्रकाशित

काठमाडौँ । चैत्र २७ मा प्रदर्शन हुने बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को दोस्रो गीत ‘डियर बन्न मन छ मलाई..’ शुक्रवार सार्वजनिक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रवीन्द्र झा,भावना गुरुङ र नवीन रेग्मी जमेर नाचेका छन् । नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन ।

दीपक ओली निर्देशित फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमील गीत सार्वजनिक गरिएको थियो । सो गीतले एघार लाख बढी भ्यु पाइसकेको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायाङ्कन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका विभिन्न रमणीय स्थानमा गरिएको हो । नयाँ वर्ष ०७८ को अवसर पारेर प्रदर्शन गर्न लागीएको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भने श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सह निर्मातामा पीताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्ममा पुष्प,श्रद्धा,बुद्धि,रवीन्द्र,नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुराँगाई,आयुषा क्षेत्री,पीताम्बर आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको वितरक पनि आरआर फिल्मस्नै हो ।

हेर्नुस् गीत

प्रतिक्रिया