अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

साहित्यकार अमरको छाया एल्बम सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन २१ गते ८:४० मा प्रकाशित

ओएसनेपालको आयोजनामा राईजिङ्ग कृयटिभको प्रस्तुतिमा राजधानीमा एक समारोहबिच सुरेन्द्र महर्जन”अमर” को २८ औँ कृति छाया गीति एल्बम सार्वजनिक भएको छ । एल्बमभित्र मेलिना राई र प्रदीप ग्लानको स्वर रहेको ”म भन्दा नि” मिलन नेवार र दीपक लिम्बुको स्वर रहेको ‘फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ”, प्रदीप ग्लानको स्वरमा ‘आँसु झर्दा पुच्छी दिने”, रिता के.सिको स्वरमा ‘थाहै नपाई”, आर्यन खत्री र सङ्गीता रायमाझीको स्वरमा ‘तिम्रो कसम” र लुमा स्याङ्ग्बोको स्वरमा ”रमझम रमझम लाग्छ तिमी साथ हुँदा” रहेको छ ।

गीतहरूको सङ्गीतकारहरूमा राम कार्की, पुष्कर सुनुवार, राजकुमार, सबिन लिम्बुको रहेको छ भने गीतहरूको एरेन्जर पुष्कर सुनुवार, राम कार्की, टङ्क बुढाथोकी, बुद्ध सायमी आदि रहेको छ । कार्यक्रममा गायक प्रदीप ग्लानले मिठो म भन्दा नि-३ को गीत गाउएर मनोरञ्जन गराउनुको साथै मन्तव्य व्यक्त गरेको थियो । पत्रकारहरू कविराज बुढाथोकी, तुलसी गिरी, विकास आचार्य, यमन पौडेल, पाशङ्ग तामाङ, राजु श्रेष्ठ, सङ्गीतकारहरू सन्तोष श्रेष्ठ, विनोद श्रेष्ठ आदिले सुरेन्द्र महर्जन”अमर” को कृति बारे धारणा राख्नु भएको थियो । ओएसनेपालको तर्फबाट विवेक कार्कीले मन्तव्य व्यक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू