अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

अर्थमन्त्री पौडेललाई आफ्नै क्षेत्रमा अवरोध, स्थानीयले भत्काइदिए मञ्च

बिआरटीनेपाल २०७७ फागुन २१ गते ८:१२ मा प्रकाशित

रुपन्देहीमा मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न पुग्नुभएका अर्थमन्त्री विष्णु पौडेललाई स्थानीयले अवरोध गरेका छन् । स्थानीयले माग पूरा नभएसम्म औद्योगिक क्षेत्रको शिलान्यास गर्न नदिने बताएका थिए । उनीहरुले आफ्नो ठाउँको लागि मन्त्री पौडेलले केही नगरेको भन्दै विरोध गरेका हुन् ।

स्थानीयले सम्मानजनक स्थानान्तरणको माग गरेका छन् । विरोधमा उत्रिएका स्थानीयले कार्यक्रमको लागि तयार गरिएको मञ्चसमेत भत्काइदिएका थिए । शुक्रबार कडा सुरक्षाकाबीच मञ्च निर्माण गरिए पनि पनि स्थानीयले भने विरोध जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू