अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

स्वीडेनमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा सात गम्भीर घाइते

बिआरटीनेपाल २०७७ फागुन २१ गते ८:१२ मा प्रकाशित

स्वीडेनमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा सात जना गम्भीर घाइते भएका छन् ।२२ वर्षिय एक युवकले स्वीडेनका भेट्लाण्डा शहरको भीडमा चक्कु प्रहार गर्दा ७ जना घाइते भएका हुन् ।स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि गम्भीर भएका ती युवकको अस्पतालमा उपचार भइरहेको छ ।

ती युवक अफगानिस्तानका नागरिक भएको र सन् २०१८ देखि स्वीडेनमा रहँंदै आएको पुष्टि भएको छ ।यसैबीच स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफवेनले घटनाप्रति निन्दा गर्दै गम्भीर अनुसन्धान थालिने प्रतिक्रिया दिनुभएको छ ।

प्रहरीले भने घटना आतंकवादसँग सम्बन्धित छ वा छैन भन्ने बारे अनुसन्धान थालिएको जनाएको छ । घटना लगत्तै स्वीडेनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू