अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

पार्टीको विवाद तत्काल निरूपण गर्न आयोगलाई प्रचण्ड–माधव समूहको आग्रह

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:३५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई पार्टीको विवाद तत्काल निरूपण गर्न आग्रह गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पत्र लेखेर संविधान र कानुनअनुसार तत्काल विवादको निरूपण गर्न आग्रह गरेका हुन् । अध्यक्षद्वय प्रचण्ड र नेपालको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो आइतबार आयोगको बैठक बस्ने र प्रक्रिया सुरु गर्ने बताएको नेता पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्री एवम् नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा नै आधिकारिक भएको बताउँदै आउनुभएको छ भने प्रचण्ड–नेपाल समूहले पनि आधिकारिकता र सूर्य चिह्न आफूहरूले नै पाउने दाबी गर्दै आएको छ । तर आयोग अहिलेसम्म नेकपाको विवाद अध्ययनकै क्रममा रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू