अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

इसाई धर्मगुरु पोप फ्रान्सिस इराकमा

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:३४ मा प्रकाशित

इसाई धर्मगुरु पोप फ्रान्सिस इराक पुग्नुभएको छ । धर्मगुरु पोप रोमबाट केहीबेर अघि इराक पुग्नुभएको बीबीसीले जनाएको छ ।कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । कडा सुरक्षा व्यवस्थामा राखिएका पोप फ्रान्सिस इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारी र इस्लाम धर्मगुरुसँग भेटघाट गर्नुहुने छ ।

धर्मगुरु पोपले इराकमा सदियौँदेखि रहे÷बसेका इराकी इसाई धर्मावलम्बीहरूका दुःख–पीडाका बारेमा छलफल गर्नुहुने भ्याटिकनले जनाएको छ । पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्नुहुने इराकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू