अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

नेकपालाई मिलाउन फेरि एकपटक प्रयासमा लागिरहेका छौं – मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:३४ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताउनुभएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भण्डारण गृहको शिलान्यास कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले एउटै पार्टी भएरपनि दुईतर्फ फर्किएको नेकपालाई मिलाउन फेरि एकपटक प्रयास भइरहेको बताउनुभएको हो ।

संवैधानिक र कानूनी हिसाबले विभाजित नभएपनि मनले विभाजित भइसकेको नेकपालाई एकजुट बनाउन हामी लागिरहेका छौं,उहाँले भन्नुभयो, ‘वैधानिक र कानूनी रुपमा विभाजित भइनसकेको पार्टीलाई फेरि एक ठाउँमा जुटाउन सकिन्छ कि, जोगाउन सकिन्छ कि भनेर अन्तिम प्रयास गरिरहेका छौं।’ पार्टीलाई फुटबाट जोगाउन प्रयास गरिरहेको बताएका प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिने मुख्यमन्त्री गुरुङले वर्तमान ओली सरकारलाई नै निरन्तरता दिनेगरी सहमतिको प्रयास भइरहेको बताउनुभयो । उहाँले एकताका लागि दवाब दिने हिसाबले नेता, कार्यकर्ता र पत्रकारलेसमेत भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू