अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

न्युजिल्याण्डमा भूकम्प पछि सुनामी आउन सक्ने चेतावनी

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:२९ मा प्रकाशित

न्युजिल्याण्डमा तीन पटक सम्म गएको शक्तिशाली भूकम्पको कारण सुनामी आउन सक्ने चेतावनी त्यहाँको सरकारले दिएको छ । त्यहाँको सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन पनि दिएको छ । राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्षेत्रमा छाल आउनसक्ने चेतावनी दिएको हो ।

सुनामी आउन सक्ने भनिएको स्थानका हजारौँ नागरिकहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहेका छन् । त्यहाँका तटीय क्षेत्रहरुमा समुद्रको पानी १० फिटसम्म उठ्न सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि अमेरिका, चिली पेरु, चिली, इक्वेडर र अमेरिकाका केही केही स्थानमा समेत १ मिटरसम्मको छाल उठ्न सक्ने अनुमान गरिएको छ ।

हिजो दक्षिणी प्रशान्त महासागर क्षेत्रमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । सो शक्तिशाली भूकम्पपछि शतर्कता अपनाइएको बिबिसिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू