अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

चीनद्वारा ६ प्रतिशत बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:२८ मा प्रकाशित

चीनले सन् २०२१ मा ६ प्रतिशत बढीको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको छ । बेइजिङको ग्रेट हल अफ द पिपुल्समा सुरू भएको १३ औं संसदको चौंथो अधिवेशनमा बोल्दै प्रधानमन्त्री ली खछ्याङले यो वर्ष थप १ करोड १० लाख सहरी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको घोषणा गर्नुभएको हो ।

कोरोना भाइरसको महामारीको समीक्षा र भावी योजना तय गर्न संसदको बैठक बसेको हो ।बैठकमा बोल्दै प्रधानमन्त्री खछ्याङले सन् २०२० मा आर्थिक वृद्धि गर्ने संसारका ठूला अर्थतन्त्रमा चीन एक्लो रहेको दाबीसमेत गर्नुभएको छ । कोरोना भाइरसको महामारीले विश्वका सबै ठूला अर्थतन्त्र थलिएका बेला चीनले गत वर्ष २.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।

गत वर्ष चीनले हङकङमा राष्ट्रिय कानुन लागू गरेपछि कम्युनिष्ट पार्टीले एक देश दुई व्यवस्था अन्तर्गतको यो सहरलाई कसरी व्यवहार गर्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो रहेको बेला चीनले यस्तो दाबी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू