अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

कांग्रेस संसदीय दलको बैठकः स्पस्ट धारणाको अभाव, उचित समयमा उचित निर्णय लिने

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:२५ मा प्रकाशित

नेपाली कांग्रेसको संसदीय दलको बैठकले शुक्रबार पनि आफ्नो स्पस्ट धारणा तय गर्न सकेको छैन । शुक्रबार बसेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न नसकेको हो । बैठकमा पार्टीका २९ जना सांसद्हरुले आफ्नो धारणा राखेका थिए । सांसदहरूको विचार, धारणा र भनाइलाई ध्यानमा राखेका पार्टीले निर्णय गर्ने कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको बैठकमा नेकपाका दुवै पक्षको भनाइ र गतिविधिलाई समीक्षा गरेर मात्र पार्टीले उचित समयमा उचित निर्णय गर्ने खाँडको भनाइ छ । प्रचण्ड–नेपाल समूहले दर्ता गरेको अविश्वासको प्रस्तावको सन्दर्भमा उहाँले टिप्पणी गर्न चाहनुभएन ।

कांग्रेसले संसद्लाई नियमित रूपमा सञ्चालन गर्न, देशमा देखिएका राष्ट्रिय र राजनीतिक समस्यालाई निकास दिन, संविधानलाई बलियो बनाइ संसदीय अभ्यासलाई सुदृढ गर्न र संसदीय व्यवस्थाप्रति जनतामा विश्वास दिलाउन उचित समयमा उचित निर्णय गर्ने खाँडको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू