अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

’पार्टीको ह्वीप नमाने पार्टी र सांसद पदबाट निकाल्न सक्छौ’–नेकपा बहुमत पक्ष

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:५५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षले केन्द्रीय कमिटीले गरेको निर्णय निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराउने भएको छ । बिहीबार पेरिसडाँडामा आफ्ना सांसदहरुसहित बसेको बैठकले केपी ओली पक्षका नेताहरुलाई कारवाही गरेको निर्णयका बारेमा आयोग र सचिवालयलाई जानकारी गराउने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । यसअघि बुधबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले सुवास नेम्वाङ लगाएत सात जना नेतालाई कारवाही गर्ने निर्णय गरेको थियो ।

पाण्डेले प्रतिनिधिसभा बैठक बोलाइएको दिन नै अविश्वासको प्रस्ताव प्रस्तुत हुन सक्ने सम्भावना रहेको समेत बताउनुभयो । उहाँले अविश्वासको प्रस्ताव लैजादा प्रधानमन्त्रीको नाम पनि तोक्नुपर्ने भएकाले अन्य दलहरुसंग छलफल गरेर अघि बढ्ने जानकारी दिनुभएको छ । पाण्डेले आफूहरुसँग बहुमत भएको दाबी गर्दै आफ्नो पार्टीको ह्वीप नमाने पार्टी र सांसद पदबाट निकाल्न सक्ने समेत बताउनुभयो ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ने क्रम बढेको अवस्थामा प्रचण्ड–नेपाल पक्षले सांसदहरुलाई पार्टी कार्यालय बोलाएको थियो । उनीहरुलाई स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराइएको बुझिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू