अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

जेठदेखि अवैध रुपमा भित्रिएका मोबाइल नेपालमा नचल्ने

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:५० मा प्रकाशित

नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनको तयारी गरेको छ ।यो प्रणाली सञ्चालनमा आएपछि अवैध रुपमा भित्रिएका मोबाइल फोन नेपालमा नचल्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार यो प्रणाली सञ्चालनमा आएपछि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी कोड (आईएमईआई) दर्ता नभएका मोबाइल नेपालका कुनै पनि नेटवर्कमा चल्दैनन् । यो उपकरण जडान भएपछि अवैध रुपमा नेपालमा भित्रिने मोबाइल बन्द भई राजस्व वृद्धि हुने साथै मोबाइल सेवा सुरक्षित तथा भरपर्दो हुने उहाँले बताउनुभयो ।

यसैगरी उहाँले आईकाओसम्बन्धी सन्धि तथा दूरसञ्चार ऐनको व्यवस्थाअनुसार १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी एयरलाइन्सहरुले पनि दूरसञ्चार सेवा प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी पनि भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू