अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

गुल्मीकी सम्झना बोहोराको हत्या गर्ने व्यक्ति सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:४५ मा प्रकाशित

गुल्मीको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहीवार सार्वजनिक गरेको हो । खत्रीले गएको माघ २९ गते राति आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर सम्झनाको हत्या गरेको प्रारम्भिक बयानका क्रममा प्रहरीलाई बताएका छन् ।

घरबाट बेपत्ता भएको १७ दिनमा खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोजी गर्ने क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो । शव फेला पारेकै दिन प्रहरीले हत्याको आशङ्कामा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यारा पत्ता लगाइ सार्वजनिक गरेको हो ।

प्रहरीले लालबहादुर खत्रीको नाममा गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभएको छ । सम्झनाको हत्या के कारणले भयो र के कारणले उनकी सासुले झुण्डिएर आत्महत्या गरिन् भन्नेबारेमा थप कुरा अनुसन्धानपछि फेरि सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू