अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:४३ मा प्रकाशित

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)का प्रमुख अभियोजनकर्ताहरुले प्यालेस्टाइन क्षेत्रहरुमा भएको युद्ध अपराधको औपचारिक अनुसन्धान थालेका छन् ।मुख्य अभियोजनकर्ता फत्तू बेनसौदाले सन् २०१४ मा इजरायलले कब्जा गरेको पश्चिम तटीय क्षेत्र, पूर्वी जेरुसेलम र गाजापट्टीमा भएका घटनाबारे छानविन हुने बताएका हुन् । ।

गत महिना अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगले सो क्षेत्रमा भएका आपराधिक गतिविधिहरुको थप अनुसन्धान गर्न आदेश दिएसँगै सो प्रक्रिया अघि बढाइने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आईसीसीसँग नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराधसम्बन्धी अभियोजनमा मुद्दा दायर गर्ने अधिकार छ । इजरायलले रोम विधान अनुमोदन नगरेपनि सोसम्बन्धी मुद्दा अघि बढाइने अधिकारीहरुले जनाएका छन् । इजरायलले सन् १९६७ देखि मध्यपूर्वको युछमा वेस्ट बैंक, गाजा र पूर्वी जुरुसेलमलाई नियन्त्रणमा लिएपछि स्वामित्व विवाद बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू