अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

ट्रम्प समर्थकले प्रदर्शन गर्ने भएपछि वासिङ्गटनको सुरक्षा व्यवस्था कडा, संसद बैठक स्थगित

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:३४ मा प्रकाशित

संसद भवन क्षेत्रमा सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै अमेरिकाको राजधानी वासिङ्गटन डिसीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प समर्थकले प्रदर्शन गर्ने भएपछि वासिङ्गटनको सुरक्षाको व्यवस्था कडा पारिएको हो ।संसद भवनमा पुनः हिंसात्मक गतिविधि हुन सक्ने सम्भावनाका कारण सुरक्षा व्यवस्था कडा पारिएको अमेरिकी प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मिलिसिया ग्रुपले बिहीबार राजधानीमा प्रदर्शनको योजना बनाएको र त्यो हिंसात्मक पनि हुन सक्ने गुप्तचर सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।सम्भावित कुनै पनि प्रकारको सुरक्षा चुनौतीका लागि आफूहरू तयार रहेको सुरक्षा निकायले बताएको छ । सुरक्षा चुनौतीका कारण तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभको बिहीबारको सत्र स्थगित गरिएको छ । तर, माथिल्लो सदन सिनेटको कारबाही भने जारी रहने छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले मार्च ४ मा राजधानीमा प्रदर्शन गर्ने तयारी गरेका छन् । ट्रम्पका समर्थकहरूले गएको जनवरी ६ मा संसद भवनमा हिंसात्मक आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू