अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

विप्लव समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मकः महत

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:३३ मा प्रकाशित

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द विप्लव समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

साथै प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने पनि महतले स्पष्ट पार्नुभयो । उहाँले काँग्रेसको उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जाने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू