अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

प्रिमियर लिग– म्यान्चेस्टरलाई क्रिष्टलले गोलरहित बराबरीमा रोक्यो

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:३१ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई क्रिष्टल प्यालेसले गोलरहित बराबरीमा रोकेको छ । गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ ।

लिगमा २७ खेलबाट सिटीको ६५ अंक छ भने युनाईटेडको ५१ अंक छ । तेस्रो स्थानको लेष्टर सिटीको ५० अंक छ । गएराति भएको खेलमा लेष्टर सिटीले बर्न्लेसँग १–१ गोलको बराबरी खेलेको छ । प्रिमियर लिगकै अर्को खेलमा शेफिल्ड युनाईटेडले एस्टन भिल्लामाथि १–० को जित निकाल्यो ।

यो जितसँगै अंक तालिकाको पुछारमा रहेको शेफिल्डलाई केही राहत मिलेको छ । लिगमा २७ खेलबाट शेफिल्डको १४ अंक छ । ऊ रेलिगेशन क्षेत्रभन्दा माथिको न्युकासल युनाईटेड भन्दा १२ अंकले पछाडी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू