अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

म्यान्मारमा सेनाको गोली लागेर कम्तीमा ३८ जना मारिए

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:२६ मा प्रकाशित

म्यान्मारमा सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले फेरि गोली चलाएको छ । सेनाको गोली लागेर कम्तीमा ३८ जना मारिएका छन् । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ । प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको छ ।

म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताउनुभयो । बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ । अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ ।

सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ । गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू