अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

पार्टी एकताको पक्षमा नहुने नेतालाई भोट नदिने अभियान चलाउँदै छौँ – नेकपा नेता गौतम

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:२१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताउनुभएको छ । बिहीवार कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुग्नुभएका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताउनुभएको हो ।

एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उहाँको भनाइ छ । नेकपाको दुवै समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको उहाँले बताउनुभयो । नेता गौतमले केपी र प्रचण्डबीच अरूले एकता गर्दैमा त्यो एकता नहुने बताउनुभयो ।

उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने स्पष्ट पार्नुभयो । पार्टी एकताका लागि आह्वान गर्ने नेताको पक्षमा आफू उभिनसक्ने पनि उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू