अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

राष्ट्रपति र प्रधानमन्त्री दुवैको निरन्तरता अस्वीकार्य – गगन थापा

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:२४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरी गरेको गलत निर्णय अदालतले बदर गरी सच्याएपछि अब दुवैले पद छाड्नुपर्ने बताउनुभएको छ । गलत काम गर्ने दुवै जनाको निरन्तरता अस्वीकार्य रहेको थापाले बताउनुभयो । आफूले गरेको गल्तीको लाज प्रधानमन्त्रीलाई नलागेको तर उहाँलाई लाग्नुपर्ने लाजको भारी संसद्ले बोक्न नसक्ने उल्लेख गर्दै थापाले संसद्ले अब प्रधानमन्त्रीलाई हटाएरै छोड्ने बताउनुभयो ।

सर्लाही र महोत्तरीमा आज आयोजित कार्यक्रमहरुमा बोल्दै नेता थापाले अब प्रधानमन्त्रीले पद् छोड्नै पर्ने जिकिर गर्नुभएको हो । प्रधानमन्त्रीको गलत कदमलाई साथ दिने राष्ट्रपतिले पनि नैतिकताका आधारमा पद छोड्नुपर्ने उहाको भनाई थियो । अदालतको सेटिङ फेल भएपछि प्रधानमन्त्रीले अब निर्वाचन आयोगलाई समेत फकाएर, दबाएर र डर देखाएर निर्णय गर्न नसक्ने थापाले बताउनुभयो । संवैधानिक आयोगहरुमा पनि असंवैधानिक तरिकाले गरिएको नियुक्ति तत्काल खारेज हुनुपर्ने थापाको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू