अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाए पनि कांग्रेस झ्यालबाट चिहाइरहेको छ– प्रवक्ता शर्मा

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:१५ मा प्रकाशित

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको बताउनुभएको छ । बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाएको भए पनि आफूहरूले झ्यालबाट चिहाइरहेको बताउनुभयो ।

प्रवक्ता शर्माले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीका बीचमा भएको समझदारीलाई सकारात्मक रुपमा लिएको टिप्पणी गर्नुभयो । शर्माले सरकारले विगतमा कांग्रेसले १० वर्षे हिंसात्मक द्धन्द्धलाई सबैको सहकार्यमा विश्वासमा लिएर समाधान गरेको कुराबाट सिक्न नसकेको टिप्पणी गर्नुभयो । बैठकमा संसदको पुनस्थापना पछि राष्ट्रिय राजनीति, कांग्रेसको भुमिका लगायत विषयहरुमा छलफल भइरहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू