अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

पत्नी

गोपालप्रसाद भण्डारी २०७७ फागुन २० गते ६:२५ मा प्रकाशित

शालिनी छन्द

पत्नी पुज्दै श्रीप्रतिष्ठा कमाऔँ
पत्नीजीमा शुद्ध निष्ठा चढाऔँ ।
पत्नीलाई मिष्ट खाना खुवाऔँ
पत्नी मानी जिन्दगानी जगाऔँ ।।१।।

पत्नीश्रीको प्रेम पाई पलाऔँ
पत्नीलाई भावनामा मिलाऔँ ।
पत्नीलाई मान्यतामा मिसाऔँ
पत्नी जप्तै शान्तिसन्तोष पाऔँ ।।२।।

पत्नीसाथै तीर्थमा घुम्न जाऔँ
पत्नीजीका गीत लेखेर गाऔँ
पत्नीलाई वेद गीता पढाऔँ
पत्नीजीका काव्य उम्दा बनाऔँ ।।३।।

पत्नी प्रेमी बन्न जानी रमाऔँ
पत्नीलाई स्नेह गर्दै सघाऔँ ।
पत्नीजीमा ध्यान औ धर्म लाऔँ
पत्नीलाई सिर्जनामा सजाऔँ ।।४।।

पत्नीजीका सिद्धिशोभा बढाऔँ
पत्नीलाई मान गर्दै मनाऔँ ।
पत्नीजीका दुक्ख सारा भगाऔँ
पत्नीलाई सीप राम्रा सिकाऔँ ।।५।।

पत्नीश्रीका स्वप्न साकार पारौँ
पत्नीलाई प्रेम गर्दै पुकारौँ
पत्नीजीका दिव्य बानी सकारौँ
पत्नी भज्दै भाव भित्री सुधारौँ ।।६।।

पत्नीश्रीका कान्त लेखौँ कहानी
पत्नी मानुन् शम्भुभोलाशिवानी
(शिवानी-: उमा, पार्वती, भवानी )
पत्नीश्री हुन् देवता तुल्य दानी
पत्नी चिन्ने बन्दछन् भाग्यमानी ।।७।।

प्रतिक्रिया