अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

विश्वभर ९ करोड १० लाख संक्रमणमुक्त, २५ लाख ५९ हजारको मृत्यु

बिआरटीनेपाल २०७७ फागुन १९ गते ८:०५ मा प्रकाशित

विश्वभरमा नौं करोड १० लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा नौं करोड १० लाख ८१ हजार नौं सय ९४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ११ करोड ५२ लाख ७६ हजार ८१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २५ लाख ५९ हजार १६ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १६ लाख ३५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ९३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ९८ लाख ९६ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख २९ हजार ४५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ११ लाख ३९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड आठ लाख १० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५७ हजार तीन सय ८५ जना पुगेको छ। नेपालमा हालसम्म दुई लाख ७४ हजार दुई सय ९४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७० हजार पाँच सय ४३ जना निको भएका छन् । यहाँ कोरोनाबाट दुई हजार सात सय ७७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू