अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

चैत २० सम्म सिसिक्यामेराको फुटेजसहित उत्तरपुस्तिका पठाउन त्रिविको निर्देशन

बिआरटीनेपाल २०७७ फागुन १९ गते ८:०४ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले सिसिक्यामेराको फुटेजसहित उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ। त्रिविले आगामी चैत २० गतेभित्र वार्षिक परीक्षाको सिसिक्यामेराको दृश्यसहित शिलबन्दी गरेको उत्तरपुस्तिका पठाउन केन्द्रलाई निर्देशन दिएको हो ।

परीक्षा र उत्तरपुस्तिकामा धाँधली नहोस् भनेर यस्तो निर्णय गरेको बताइएको छ । त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सबै दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सिसिक्यामेरा जडान गरी सबै फुटेज चैत २० गतेभित्र बुझाउन केन्द्रलाई पत्रमार्फत जानकारी गराएका छौँ।’

आगामी दिनमा पनि सिसिक्यामेरा जडान गरेर मात्रै परीक्षा सञ्चालन गर्ने त्रिविले जानकारी दिएको छ । विज्ञप्तिमा परीक्षा केन्द्रले क्यामेरा जडान नगरे परीक्षा केन्द्रबाट वञ्चित गरिने चेतावनी समेत दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू