अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छ – महामन्त्री कोइराला

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:४१ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताउनुभएको छ ।

काठमाण्डौमा पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने पनि जानकारी दिनुभयो । महामन्त्री कोइरालाले सबैभन्दा पहिला प्रधानमन्त्रीलाई हटाउनुपर्ने र त्यसका लागि संसदमा अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभा सदस्य डा. कोइरालाले नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्ने तर त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि नहुने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू