अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७
| Colorodo: 23:52
प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्तापछि सरेको छ ।फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गर्नुभएको थियो ।
बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना जारी गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अबको बैठक चैत २ गते सोमबार बस्नेछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो । तर उक्त प्रस्तावमाथि अहिलेसम्म छलफल भएको छैन ।