अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

फेवातालमा थुप्रिएकोे माटो झिक्न सुरु

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:३४ मा प्रकाशित

फेवातालको बाँध मर्मतका लागि पानीको सतह घटाएको समयमा फेवातालको छेउमा थुप्रिएको माटो निकाल्न सुरु गरिएको छ ।गण्डकी प्रदेश वातावरण मन्त्रालयको संयोजनमा फेवातालको गाईघाटबाट माटो निकाल्ने काम सुरु गरिएको हो ।

निकालिएको माटोले ताल बाहिरका खाल्डाखुल्डी पुर्न प्रयोग गरिने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले बताउनुभयो ।फेवातालमा थुप्रिएको माटो १५ दिनभित्र निकाल्ने लक्ष्य रहेको फेवातालको माटो व्यवस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले बताउनुभयोे ।

फेवातालमा वर्षेनी १ लाख ४२ हजार घनमिटरभन्दा बढी माटो आएर मिसिने गरेको सरकारी तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू