अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

अमेरिकाले लगायो रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:३२ मा प्रकाशित

रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।अमेरिकाले रुसका शीर्ष गुप्तचर सहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएको हो ।प्रतिबन्ध लाग्नेमा रुसको शीर्ष गुप्तचर निकाय एफएसबीका प्रमुख एलेक्जान्डर बार्ट्निननकोभ तथा रक्षा उपमन्त्री एलेक्सी क्रिभोरोच्को र पावेल पोपाभ रहेका छन् ।

प्रतिबन्दसँगै प्रतिबन्ध लागेका अधिकारीको अमेरिकामा रहेको सम्पति फ्रिज भएको छ । युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्द लगाएको थियो ।नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको दाबी गर्दै प्रतिबन्ध लगाएको अमेरिकाले जनाएको छ ।

नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।अमेरिकाले रुसका सात शीर्ष अधिकारी तथा रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ फर्ममाथि प्रतिबन्ध लगाएको हो । नाभाल्नीलाई हाल रुसको कारागारमा राखिएको छ । राष्ट्रपति जो बाइडेन प्रशासनले रुसमाथि लगाएको यो पहिलो प्रतिबन्ध हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू