अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

उपभोक्ता ठगीमा संलग्न एक सय ६५ फर्म कारबाहीमा

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:३० मा प्रकाशित

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा एक सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । उपभोक्ता हित विपरितको काममा संलग्न रहेका ती फर्मलाई जरिवाना गरिएको छ । आर्थिक जरिवानाबापत ४६ लाख २३ हजार रूपैयाँ राजश्व सङ्कलन भएको पनि विभागले जनाएको छ ।

उपत्यकाबाहिरका पाँच जिल्लामा चालु आर्थिक वर्षमा उक्त कारबाही गरिएको र विभागका प्रवक्ता शिवराज सेडाइँले बताउनुभयो । विभाग मातहतका मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलाली जिल्लामा उपभोक्ता संरक्षण ऐन अन्रगत अनुगमन गरिएको विभागको भनाइ छ । साउनदेखि पुस माघममान्तसम्म नौ सय ९० वटा व्यावसायिक फर्म तथा कम्पनीमा अनुगमन गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू