अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

जनगणनाको अन्तिम तयारीमा तथ्यांक विभाग – ५० हजारलाई जागिर, ४ अर्ब खर्च हुने

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:२९ मा प्रकाशित

राष्ट्रिय जनगणना– २०७८ का लागि राष्ट्रिय योजना आयोगअन्तर्गतको तथ्यांक विभाग अन्तिम तयारीतर्फ केन्द्रित भएको छ । तथ्यांक विभागले बुधबारबाट प्रदेश तथा जिल्ला जनगणना अधिकारी तथा सहायक जनगणना अधिकारीलाई सातदिने तालिम सुरु गरेको छ ।

हरेक १० वर्षमा गरिँदै आएको राष्ट्रिय जनगणना सुरु हुन ८७ दिन बाँकी छँदा तथ्यांक विभागले प्रदेश तथा जिल्ला जनगणना अधिकारी तथा सहायक जनगणना अधिकारीलाई तालिम दिन सुरु गरेको हो ।
यसअघि विभागले २ देखि ८ फागुनसम्म राष्ट्रिय प्रशिक्षण सहजकर्ता तालिम दिएको थियो भने बुधबारदेखि सुरु भएको तालिम २५ फागुनमा सकिँदै छ । दोस्रो चरणमा ९ चैतदेखि १५ सम्म प्रदेशस्तरीय मुख्य प्रशिक्षकलाई तालिम दिइँदै छ भने १९ देखि २५ चैतसम्म स्थानीय जनगणना अधिकारीलाई तालिम दिइँदै छ ।

तेस्रो चरणमा सुपरिवेक्षकको तालिम १६ वैशाखदेखि २२ वैशाखलाई तोकिएको छ भने गणनाका लागि अन्तिम तालिम १७ देखि २२ जेठसम्म गणकलाई तालिम स्थानीयस्तरमा गरिँदै छ । सन् १९६८ देखि सुरु भएको जनगणना ११० वर्षपछि १२औँ जनगणना हुन थालेको हो । देश संघीयतामा गएपछिको यो पहिलो जनगणना हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले संघीयतामा गएपछिको हुन लागेको जनगणना निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू