अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

दोभान बजारका अग्नीपीडितलाई दीर्घकालीन पुनःस्थापनाको माग

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:२३ मा प्रकाशित

ताप्लेजुङका सांसद् योगश भट्टराईले सरकारसँग ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दीर्घकालीन पुनःस्थापनाको माग गर्नुभएको छ । आज ज्ञापनपत्र सहित गृहमन्त्रालय पुग्नुभएका अग्नीपीडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने उहाँले माग गर्नुभएको छ । ताप्लेजुङको मिरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका थिए ।

आगलागीबाट ५५ परिवार विस्थापित भएका छन् । पूर्वमन्त्री भट्टराईको नेतृत्वमा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समिति गठन गरी आज गृहमन्त्री रामबहादुर थापालाई अग्नीपीडतको दिर्घकालीन पुनःस्थापनाको माग गरेर ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्नीपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताउनुभयो । तत्कालीन राहतको कार्य सुरु भइसकेको भन्दै गृहमन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू