अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

प्रधानमन्त्री पदको प्रस्ताब आए स्वीकार्छुः सभापति देउवा

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:२३ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको, तर प्रस्ताव आए स्वीकार गर्ने बताउनुभएको छ । संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा देउवाले पार्टीमा छलफल गर्नुपर्छ भन्नुभएको थियो ।

तर आज चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री पदको प्रस्ताब आए पछि नहट्ने बताउनुभयो । त्यसअघि बरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टी प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू