अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:२२ मा प्रकाशित

काँग्रेस संसदीय दलको बैठक पर्सि शुक्रबार बस्ने भएको छ । नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा उक्त बैठक बस्ने काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव, विकासित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि काँग्रेसले पूर्वनिर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिक रूपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू