अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५
| Colorodo: 11:00
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीच वार्ता भएको छ । पहिलो चरणको वार्ता सकिएको छ । हिजो मंगलबार सरकार र चन्द समुहबीच औपचारिक रूपमा वार्ता टोली गठन भएको थियो । पहिलो चरणको वार्ता सकारात्मक रहेको सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले जानकारी दिनुभयो ।
वार्तामा भट्टराई सहित सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी हुनु भएको थियो । आज प्रारम्भिक छलफल भएको र अर्को चरणको वार्तामा दुवै पक्षका एजेण्डामा छलफल हुने भट्टराईको भनाई छ ।
थुनामा रहेका चन्द समूहका नेता कार्यकर्ताको रिहाईसहितका चन्द समुहका मागमा विषयमा अर्को वार्तामा छलफल हुनेछ ।