अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

१० सेकेण्डको भिडियो ७७ करोडमा बिक्रि !

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:५१ मा प्रकाशित

अमेरिकाको मियामीका एक व्यक्तिले बनाएको एउटा दश सेकेण्डको कलात्मक भिडियो ६६ लाख डलर अर्थात् ७७ करोड रुपैयाँ भन्दा बढीमा बिक्री भएको छ । नन–फन्जिबल टोकेन भनेर चिनिने यस भिडियो ६७ हजार डलर अर्थात् करिब ७९ लाख रुपैयाँ खर्चिएर बनाइएको उनले बेचेर आफ्नो भाग्य चम्काएका हुन् । वास्तविक नाम माइक विंकेलम्यान भएका डिजिटल आर्टिस्ट बीपलले बनाएको भिडियो अर्थात् डिजिटल एसेटलाई नन–फन्जिबल टोकेन भनिन्छ ।

यस्तो भिडियो बनाउन लगानीको आवश्यकता पर्ने भएकाले कतिले लगानी गर्ने गर्दछन् र नन–फन्जिबल टोकेन डिजिटल प्लेटफर्ममा हुने हुँदा मन पराउनेले किन्न पनि सक्छन् । यस भिडियो आर्ट कलेक्टर पाब्लो रोड्रिगेजले बिक्री गरेका हुन् । पाब्लोले बेचेको उक्त कालात्मक भिडियोमा अमेरिकी पूर्वराष्ट्रपति जमीनमा पछारिएका देखिन्छन् । उनको शरीरमा अनेकन टाटू हानिएको देखिन्छ । नारा कोरिएका छन् । त्यसमाथि ट्वीटरको चरा पनि बसेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू