अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 21:29

एकैदिन १७ सयले घट्यो सुन, चाँदीमा ४० रुपैयाँ गिरावट

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:५२ मा प्रकाशित

सुनको मूल्य आज एकैदिन १ हजार ७ सयले घटेको छ ।हिजो ८८ हजार ७ सयमा कारोबार भएको सुन आज एकैदिन १ हजार ७ ले घटेर ८७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनको मुल्यमा कमी आएको हो । यस्तै आजै चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेको हो ।

हिजो १३ सय ३० रुपैयाँ तोलाको कारोबार भएको चाँदीको मुल्य आज ४० रुपैयाँले घटेर १२ सय ९० कायम भएको हो । अन्तराष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस १७ सय १४ डलर हाराहारीमा कारोबार भइरहेको छ । विश्व बजारमा खोपको सकरात्मक समाचारसँगै सुनको मूल्यमा पनि कमी आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू