अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

केन्द्रीय सदस्यलाई प्रचण्ड–माधव समूहको निर्देशन– परिचयपत्र र नागरिकतासहित उपस्थित हुनू

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:२० मा प्रकाशित

नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरूलाई परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । बुधबार दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन निर्देशन भएको केन्द्रीय सदस्य गंगालाल तुलाधारले जानकारी दिनुभयो । निर्वाचन आयोगले पार्टी आधिकारिकताको लागि बोलाएको अवस्थामा पूरा गर्नुपर्ने प्रक्रियाका लागि तयार हुन निर्देशन भएको उहाँको भनाइ छ ।

‘निर्वाचन आयोगले आधिकारिकताको लागि बोलाएको अवस्थामा तयार हुन भनिएको छ । पार्टीको परिचयपत्र र नागरिकता बुझाउन निर्देशन भएको छ,’ तुलाधले भन्नुभयो । गत ७ फागुनमा समेत आफ्नो परिचयत्रपत्र र नागरिकता बुझाउन प्रचण्ड–माधव समूहले निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू