अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

नेपालमा १० अर्ब लगानी गर्ने तयारीमा एनआरएनए

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:१९ मा प्रकाशित

प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । विभिन्न बहुउद्देश्यीय लक्ष्य राखेर परियोजना सुुरु हुन लागेको हो । सङ्घका अध्यक्ष कुमार पन्तले पर्वतमा आयोजित एक कार्यक्रममा बोल्दै एनआरएनएले नेपाल सरकार, धितोपत्र बोर्डसँगको सहकार्यमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको बताउनुभयो ।

अध्यक्ष पन्तले नेपालमा विशेष गरी पर्यटन व्यवसायसँगै पूर्वाधार, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्ने गरी बहुउद्देश्यीय परियोजना सञ्चालनको चरणमा रहेको बताउनुभयो । उहाँले एक सय ७० भन्दा बढी प्रस्ताव प्राप्त भइसकेको र नेपाल सरकारले समेत थप प्रस्तावहरू राखेपछि रकम सङ्कलन अभियान सञ्चालन गरिने बताउनुभयो ।

पन्तका अनुसार नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने गरी सम्झौता भएको छ । अहिलेसम्म दुई अर्ब २० करोड रुपैयाँ सङ्कलन भइसकेको र अन्य रकम सङ्कलनका लागि प्रवासी नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिने उहाँले बताउनुभयो । सङ्घका सल्लाहकार कुल आचार्यले एनआरएनएले २०१२ सालदेखि सामूहिक लगानी भित्र्याउने काम अघि सारेको जानकारी दिँदै अहिले कम्पनीको प्रबन्ध पत्र बनिसकेर अर्थ मन्त्रालयबाट लिखित प्रतिबद्धतासमेत आइसकेको र कम्पनी दर्ता गर्ने चरणमा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू