अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

प्रधानमन्त्रीको सुरक्षा पार्टीले गर्छ – नेकपा अध्यक्ष माधव नेपाल

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:१७ मा प्रकाशित

नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको सुरक्षा आफ्नो पार्टीले गर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आफ्नो ज्यान खतरामा रहेको बताउनुभएको थियो । २४ घण्टा नै सुरक्षा घेराभित्र हुने प्रधानमन्त्रीले सुरक्षा खतरा रहेको बताएको भोलिपल्ट त्यसतर्फ व्यङ्ग्य गर्दै नेता नेपालले सबैले बिचार गर्नुपर्ने बेला आएको बताउनुभएको हो ।

विराटनगरमा प्रेस संगठन नेपाल मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले आफू वर्षौदेखि ज्यानलाई जोखिममा राखेर हिँडिरहेको पनि बताउनुभयो । नेता नेपालले प्रधानमन्त्रीको सुरक्षाका लागि आफ्नो पार्टीले पहल गर्ने बताउँदै मुलुकमा प्रधानमन्त्रीलाई असुरक्षित हुन दिन नहुने तर्क गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रतिगमनमा लागेका व्यक्तिका हकमा प्रश्चाताप र गल्ती महसुस गरेर आएमा पार्टीभित्र स्वागत गर्न तयार रहेको पनि उहाको भनाई थियो । तर प्रतिगमनका मतियार र बहाकबाट भने मुक्ति चाहेको नेपालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू