अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

नाइजेरिया – बन्दुकधारीको अपहरणमा परेका ३ सय छात्रा रिहा

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:१२ मा प्रकाशित

नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका झण्डै ३ सय छात्रा रिहा भएका छन् । त्यहाँको प्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गर्दै नजिकको जङ्गलमा लिएर गएको थियो । जाम्फारा राज्यका गभर्नर बेले मटावाले छात्राहरको रिहाईको पुष्टि गर्नुभएको छ ।

अधिकारीहरूले कुल दुई सय ७९ छात्रालाई रिहा गरिएको र यसअघि प्रहरीले अपहरणमा परेको छात्राको सङ्ख्या ३ सय १७ बताए पनि त्यो सही नभएको बताएका छन् । केही छात्रा अपहरणमा परेपछि भाग्न सफल भएका कारण सङ्ख्यामा गडबडी भएको एक अधिकारीले बताएका छन् ।

सरकार र अपहरणकर्ताबीच भएको कुराकानीपछि छात्राहरुको रिहाइ सम्भव भएको एक अधिकारीले बताएको बीबीसीले जनाएको छ । नाइजेरियामा हतियारधारी समूहले फिरौतीकै लागि अपहरण गर्दै आएका छन् । गएको डिसेम्बरमा नाइजेरियाको कत्सिना राज्यमा बन्दुकधारीले ३ सयभन्दा धेरै छात्रको अपहरण गरेका थिए भने छलफलपछि अपहरणमा परेका छात्रलाई रिहा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू