अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

आफुहरुको माग पूरा नभएसम्म सरकारमा नजाने जसपा नेता महतोको घोषणा

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:१० मा प्रकाशित

जनता समाज पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा नभएसम्म सरकारमा नजाने बताउनुभएको छ ।मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन र रेशम चौधरी तथा लक्ष्मण चौधरीको मुद्दा फिर्ता नभएसम्म आफूहरू सरकारमा नजाने बताउनुभएको हो । नेता महतोले आफ्ना मुद्दाहरूको सम्बोधन नभए सरकारमा जानुको अर्थ नरहेकाले राष्ट्रिय मुक्ति आन्दोलनको तयारीमा पार्टी लागेको बताउनुभयो । जुन सरकारले आफूहरूको मुद्दा सम्बोधन गर्नेलाई पार्टीले सहयोग गर्ने उहाँको भनाइ छ ।

थरुहट आन्दोलनका क्रममा भएको घटना षडयन्त्रपूर्वक घटाइएको जिकिर गर्दै महतोले अन्य आन्दोलनमा भएका घटनामा कसैलाई आजीवन काराबास नभएकाले जातीय रूपमा कसैमाथि विभेद गर्न नहुने बताउनुभयो । उहाँले निश्चित व्यक्तिको स्वार्थले संविधान बनेकाले सबैलाई समेट्न नसकेको तर्क गर्नुभयो ।

यस्तै फरक प्रशंङ्गमा बोल्दै उहाँले ठूला दलका नेताहरुको खोक्रा राष्ट्रवादका कारण नेपाली जनताले दुःख पाइरहेको दाबी गर्नुभयो । उहाँले आफूले संसदमै महाकाली सन्धी गर्ने राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने माग राखेको स्मरण गर्दै सत्ता बाहिर रहदा राष्ट्रियताका कुरा गर्नेहरू सत्तामा पुगेपछि मौन रहने गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू