अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण, मंगलबार वर्षकै सबैभन्दा कम कोरोना संक्रमणदर

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:०७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण देखिएको छ । ४ हजार १ सय २७ जनामा भएको पीसीआर परीक्षणमा ४५ पुरुष र ३३ जना महिलामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार आज भेटिएका संक्रमितको संख्या परीक्षणको तुलनामा १ दशमलव ८८ प्रतिशत हो । यो संख्या परीक्षणको तुलनामा १ बर्ष यताकै सबैभन्दा कम हो ।

हालसम्म नेपालमा २ लाख ७४ हजार २ सय ९४ जनामा संक्रमण देखिएको छ । २४ घण्टा भित्र थप ७२ जना संक्रमण मुक्त भएका छन् । देशभर २ लाख ७० हजार ५ सय ४३ जनाले संक्रमण जितेका छन् । अहिले देशभर ९ सय ७४ कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू